Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

लुटपाटमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

लुटपाटमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

  • काठमाडौं । सुनका गरगहना समेतका धनमाल लुटपाटमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेहरूमा काठमाडौं दरबारमार्गस्थित आधिँखोला दोहोरी साँझमा काम गर्ने बझाङ जयपृथ्वी नगरपालिका(१ घर भई काठमाडौं नयाँबानेश्वर बस्ने २१ वर्षीय सुनिल बहादुर सिंह र सोही दोहोरी साँझमा चालकको काम गर्ने सिन्धुपाल्चोक साँगा चोकगढी घर भई हाल काठमाडौं कोटेश्वर बस्ने ३४ वर्षीय कृष्ण बहादुर श्रेष्ठ रहेका छन् ।

    काठमाडौं स्युचाटार बस्ने ४२ वर्षीय पुरुषको माघ १० गते राति धनमाल लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट करिब सवा ३ तोलाको १ थान सुनको सिक्री, करिब २ तोलाको १ थान सुनको औठी, हात्तीको पुच्छर भएको करिब साढे १ तोलाको १ थान सुनको ब्रासलेट र उक्त दोहोरी साँझको बा।३ च ६६४९ नम्बरको मारुती कार प्रहरीले बरामद गरेको छ ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij