
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई कुटपीट गर्ने तीन प्रहरीलाई कारबाही गरिएको छ । दुबईबाट फर्किएका एक युवकलाई कुटपीट गरेकाे आराेपमा विमानस्थलबाट ३ जना प्रहरीलाई हटाइएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले घटनामा संलग्न देखिएका ३ जना प्रहरी कर्मचारीहरुलाई विमानस्थल सुरक्षा जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रवक्ता शेखर खनालले बताए ।
उनीहरुलाई विमानस्थलबाट तानेर काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाई आवश्यक छानविन तथा अनुसन्धान भइरहेको उनले बताए ।
गत चैत ३१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर, काठमाडौँमा कार्यरत प्रहरी कर्मचारीहरुले स्वदेश फर्किएका एक युवकमाथि दुर्व्यवहार गरेको भन्ने भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij