
Apr 13 2025 | २०८१, चैत ३१ गते
काठमाडौं । चीनको उत्तरी भेगमा बसोबास गर्ने मानिसहरूलाई तीव्र हावाको चेतावनीको कारणले गर्दा चाँडै घर फर्कन भनिएको छ । साथै, विद्यालयहरूमा कक्षाहरू पनि स्थगित गरिएको छ ।
लाखौं मानिसहरूलाई घर भित्रै बस्न आग्रह गरिएको छ । हावा यति तीव्र छ कि ५० किलोग्रामभन्दा कम तौल भएका मानिसहरूलाई ‘सजिलै उडाएर लैजान’ सक्ने राज्य सञ्चार माध्यमले चेतावनी दिएका छन् । मङ्गोलियाबाट दक्षिणपूर्वतिर चिसो हावा बहने भएकाले शुक्रबारदेखि आइतबार सम्म बेइजिङ, तियानजिन र हेबेई क्षेत्रका अन्य भागहरूमा प्रतिघण्टा १५० किलोमिटर सम्मको हावा चल्ने अनुमान गरिएको छ ।
राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनएमसी) ले प्रभावित क्षेत्रका जनतालाई घर भित्रै रहन र बाहिर हुँदा अग्ला भवनहरू, होर्डिङ बोर्डहरू, अस्थायी संरचनाहरू र रूखहरू मुनि नबस्न सल्लाह दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij