Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

कारको गति असन्तुलित हुँदा चार घाइते

कारको गति असन्तुलित हुँदा चार घाइते

  • काठमाडौं । चौदण्डीगढीमा कार दुर्घटना हुँदा चार जना घाइते भएका छन्। मदन भण्डारी लोकमार्गअन्तर्गत चौदण्डीगढी नगरपालिका–६ सातधारेमा बुधबार दुर्घटना भएको हो।

    images
    images
    images

    प्रहरीका अनुसार मोरङको केराबारीबाट काठमाडौं जाँदै गरेको बीएबी ५४९२ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो ।

    images

    दुर्घटनामा कार चालक मोरङको केराबारी गाउँपालिका–८ का ४७ वर्षीय विनोद भट्टराई, उनका छोरा ११ वर्षीय सम्पन भट्टराई, श्रीमती ४२ वर्षीया रीता भट्टराई र कारमा सवार ललितपुर उपमहानगरपालिका–४ जावलाखेलका ४८ वर्षीय त्रिपुरा सत्याल घाइते भएका हुन् ।

    सबैको बेल्टारस्थित नगर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक प्रमोद साहले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij