
Jul 07 2025 | २०८२, असार २३ गते
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७९औं जन्मोत्सवका अवसरमा शुभकामना दिनका लागि निर्मल निवासमा सर्वसाधारणको भीड लागेको छ । सयौं सर्वसाधारण निर्मल निवास बाहिर शुभकामना दिन उपस्थित भएका छन् ।
राप्रपाका वरिष्ठ नेता तथा सांसद पशुपति शमशेर राणा पनि निर्मल निवास पुगेका छन् । अन्य राप्रपा नेताहरू र राजसंस्थाका समर्थकहरू समेत कार्यक्रममा सहभागी भएका छन् ।
पूर्वराजाको संवाद सचिवालयकाअनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij