
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं । मलेसियामा सबैभन्दा धेरै सङ्ख्यामा कार्यरत नेपाली सुरक्षा गार्डमा मिर्गौला रोग देखिएको भन्दै यसको अध्ययन हुने भएको छ । मलेसियामा कार्यरत नेपाली श्रमिक मध्ये सुरक्षा गार्डमा यो समस्या धेरै देखिएको हो ।
नेपाली सुरक्षा गार्डको स्वास्थ्य समस्या सम्बन्धमा बेलायतको बोर्नमाउथ विश्वविद्यालय, मलेसियाको मलाया विश्वविद्यालय र नोर्थ साउथ इन्स्टिच्युट मलेसियाले संयुक्त रूपमा अनुसन्धान गर्न लागेको मलेसियास्थित नेपाली राजदूत नेत्र तिम्सिनाले बताएका छन् ।
मलेसियाका ट्रेडयुनियनहरु र नेपाली प्रवासी श्रमिक संघको सहभागितामा सो अनुसन्धान हुन लागेको नेपाली दूतावास क्वालालम्पुरमा भएको छलफलमा जानकारी प्राप्त भएको उनले बताए ।
राजदूत तिम्सिनाले भनेका छन्– नेपाली श्रमिक मध्यमा सबैभन्दा वढी सङ्ख्यामा मिर्गौला रोगी नेपाली सुरक्षा गार्ड हुने गरेको विषयलाई कारण पत्ता लगाउनु र नीति निर्मातालाई उक्त रोग रोकथाम गर्ने उपायहरूबारे सुझाव दिनु र सुझावलाई कार्यान्वयन गर्न लबिङ गर्नु यो अनुसन्धानको मुख्य उद्देश्य रहेको उहाँहरूले दूतावासलाई गराउनुभएको छ ।
यो अनुसन्धानका निष्कर्षहरुले नेपाली श्रमिकको स्वास्थलाई हित गर्ने हुनाले अनुसन्धानका लागि आवश्यक परेमा दूतावासले नेपाली श्रमिकहरूसँग समन्वय गरी सहयोग गर्ने राजदूतले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij