Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

दाहाल-नेपाल समूहले आज सिठी जुलुस गर्दै

दाहाल-नेपाल समूहले आज सिठी जुलुस गर्दै

  • काठमाडौँ । नेकपाको दाहाल-नेपाल समूहले आजदेखि तेस्रो चरणको आन्दोलन शुरू गर्दैछ । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सरकारविरूद्ध आन्दोलन गरिरहेको दाहाल-नेपाल समूहले आज दिउँसो सिठी जुलुस गर्दै तेस्रो चरणको आन्दोलन शुरु गर्न लागेको हो ।

    images
    images
    images

    दिउँसो तीन बजेदेखि लैनचौरबाट शुरु हुने जुलुस असन, इन्द्रोचक हुँदै बसन्तपुर पुगेर कोणसभामा परिणत हुने दाहाल–नेपाल समूहका युवा संगठनका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए ।

    संघर्ष समितिको अगुवाईमा हुने जुलुसमा दाहाल-नेपाल समूहका युवा तथा विद्यार्थी नेताहरुले सिठी फुकेर प्रतिनिधि सभा विघटनविरुद्ध खबरदारी गर्ने जनाइएको छ ।

    दाहाल-नेपाल समूहले घोषणा गरेको तेस्रो चरणको कार्यक्रम अनुसार १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली गर्ने, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा विशाल प्रदर्शन हुनेछ । प्रतिनिधि सभा विघटनविरुद्ध दाहाल-नेपाल समूहले पुस १४ गतेदेखि निरन्तर सडक संघर्षका कार्यक्रम गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij