
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ नेपाल प्रहरीका १६ जना डिएसपीको एसपीमा बढुवाका लागि सिफारिस भएको छ । प्रहरी महानिरीक्षक अध्यक्षताको बढुवा सिफारिस समितिले सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेहरूमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोख्रेल, पदम विष्ट, सुवासचन्द्र बोहरा छन् ।
त्यस्तै, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र श्रेष्ठ, दिलीप घिमिरे, वीरेन्द्रबहादुर शाही र राजेन्द्रबाबु रेग्मी बढुवा सिफारिसमा परेका छन् । बढुवा सिफारिस हुनेमध्ये पहिलो नम्बरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालका भुवनेश्वर तिवारी छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij