
Apr 22 2025 | २०८२, वैशाख ९ गते
नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी बेरीले सोमवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन् ।
अमेरिकामा नयाँ सरकार बनेदेखि राजदूत बेरीले नेपालका विभिन्न नेताहरूलाई भेटेर सरकारको प्राथमिकताका विषयमा चर्चा गर्ने गरेका छन् । त्यसैक्रममा उनले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
अमेरिका लोकतन्त्र मजबूत बनाउन, जलवायु परिवर्तनको सामना गर्न र संसारभरि महिला तथा बालबालिकाको अधिकार उत्थान गर्न प्रतिबद्ध रहेको भनी बेरीले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij