Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

नेपालमा पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना संक्रमण पुष्टि,१० जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना संक्रमण पुष्टि,१० जनाको मृत्यु

  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार ११ पुगेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४०१ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ।

    हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २४० रहेको छ । अहिलेसम्म नेपालमा २० लाख ४८ हजार ११३ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

    नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १३२ रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij