Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

घर पुर्‍याइदिन्छु भन्दै मोटरसाइकलमा लगेर महिलामाथि जबरजस्ती करणी, एक पक्राउ

घर पुर्‍याइदिन्छु भन्दै मोटरसाइकलमा लगेर महिलामाथि जबरजस्ती करणी, एक पक्राउ

  • काठमाडौं । प्रहरीले मोटरसाइकलमा घर पुर्‍याइदिन्छु भन्दै महिलामाथि जबरजस्ती करणी र लुटपाटमा गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ गुन्टे का कैलाश भन्ने रोहन नेपाली रहेका छन् । उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो ।

    महाशाखाका अनुसार नेपालीले ती महिलालाई गत असोज १५ गते बेलुका ७ बजेको समयमा सिन्धुपाल्चोकको चौतारा पुर्‍याइदिन्छु भन्दै मोटरसाइकलमा लिएर गएका थिए । तर उनले ती महिलालाई घर नलगी सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं ४ स्थित मान्जे भन्ने ठाउँमा लगि अन्य व्यक्तिहरुको जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार ती महिलामाथि उनका अन्य साथीहरुको संलग्नतामा उनीमाथि जबरजस्ती करणी भएको थियो । त्यस्तै उनीहरुले ती महिलासँग भएको गरगहना समेत लुटपाट गरेको महाशाखाले जनाएको छ । उनलाई पक्राउ गरी थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij