
Apr 02 2025 | २०८१, चैत २० गते
तेस्रो दिन पनि खोजी तथा उद्धार कार्य चलिरहेको छ ।
काठमाडौं । म्यानमारमा शुक्रबार गएको ठूलो भूकम्पमा परी ज्यान गुमाउनेहरुको सङ्ख्या एक हजार छ सय ४४ पुगेको छ । तीन हजार चार सय भन्दा धेरै घाइते भएका पछिल्लो विवरण छ । आज तेस्रो दिन पनि खोजी तथा उद्धार कार्य चलिरहेको छ ।
७ दशमलव ७ म्याग्निच्युडको भूकम्प र त्यसको केही मिनेटपछिको ६ दशमलव ७ म्याग्निच्युडको पराकम्पले म्यानमार र थाइल्याण्डमा क्षति गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij