
Apr 02 2025 | २०८१, चैत २० गते
ताम्रकार समाज बिभिन्न सामाजिक कार्यहरुमा संलग्न रहँदै आइरहेको
ललितपुर । पाटनकी जीया ताम्रकार हाल २१ वर्षकी भइन् । उनले काठमाडौं विश्वविद्यालय अन्तर्गतको स्कूल अफ म्य।नेजमेन्ट (कुसुम) बाट हालसालै मात्रै स्नातक तह उत्तीर्ण गरेकी छन् । त्यस्तै, ऐजन राज ताम्रकारले पनि प्रसादी एकेडेमीबाट उच्च माध्यमिक तह उत्तीर्ण गरी काठमाडौं विश्वविद्यालयसँगै सम्बन्धन प्राप्त नेपाल कलेज अफ म्यानेजमेन्टमा बीबीए तहमा अध्ययनरत छन् । जीया र ऐजन जस्तै एसईई, उच्च माध्यमिक तह, स्नातक तह, स्नातकोत्तर तह उत्तीर्ण गरेका करीब सय जना विद्यार्थीहरु ताम्रकार समाजको २० सौं बार्षिक साधारणसभामा सम्मानित भए । त्यस्तै शंखमूल निवासी ८० बर्षीय शेषराज तमोट तथा उनकी धर्मपत्नी इन्द्रकुमारी ताम्रकारलगायत करीब बीस जना ज्याःजंक्वः (पास्नी) सकेका जेष्ठ नागरिकहरु पनि सोही अवसरमा सम्मानित हुनुभयो ।
ताम्रकार समाजका अध्यक्ष बिनोद ताम्रकारले ताम्रकार समाज नगरको संस्कृति, सम्पदा र भाषाआदिको संरक्षण सम्वद्र्घनका लागि नगरका अन्य संघसंस्थाहरुसँग सहकार्य गर्दै आइरहेको बताउनुभयो ।
त्यस्तै पाटनमा जन्मेर हाल काभ्रेको पनौतीमा बसोबास गर्दै आइरहनु भएका साहित्यकार, लेखक र गीतकार ध्रुवकृष्ण ताम्रकार उग्रचण्डी प्रतिभा सम्मानबाट नगद पुरस्कार सहित सम्मानित भए ।
ताम्रकार समाजको २६ औं सामुहिक भेला तथा २० औं बार्षिक साधारणसभाका प्रमुख अतिथि वागमति प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन हुनुहुन्थ्यो । बिशिष्ट अतिथि ललितपुर महानगरपालिकाका उपमेयर मञ्जरी शाक्य बज्राचार्य, कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष रबिन्द्रराज ताम्रकार, वागमति प्रदेशका प्रदेश सदस्य रामकृष्ण चित्रकारलगायतको उपस्थिती रहेको थियो ।
सभाका सभापति ताम्रकार समाजका अध्यक्ष बिनोद ताम्रकारले ताम्रकार समाज विगत लामो समयदेखि बिभिन्न सामाजिक कार्यहरुमा संलग्न रहँदै आइरहेको तथा नगरको संस्कृति, सम्पदा र भाषाआदिको संरक्षण सम्वद्र्घनका लागि नगरका अन्य संघसंस्थाहरुसँग सहकार्य गर्दै आइरहेको बताउनुभयो ।
साधारणसभाको बन्दसत्रमा समाजका महासचिब दिपेश ताम्रकारले बार्षिक कार्य प्रतिवेदन, कोषाध्यक्ष बिमल ताम्रकारले आयब्यय बिवरण प्रस्तुत गर्नुभएको थियो । समाजका उपाध्यक्ष शम्भुगोबिन्द ताम्रकारले उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij