
Apr 11 2025 | २०८१, चैत २९ गते
‘छ माया छपक्कै’ चलचित्रलाई दर्शकले अत्याधिक रुपमा मन पराएका छन् । विशेष गरी फिल्मको कथा वस्तु र कथा अनुसारको प्रस्तुतिकरणले दर्शकको मन जितेको हो । अघिल्लो वर्ष रिलिज भएको उक्त फिल्मलाई दिपेन्द्र लामाको कथामा लामाको नै निर्देशन रहेको छ । फिल्ममा राजनीतिलाई सशक्त ढंगबाट प्रस्तुत गरिएको छ । देश र समाजको अस्तित्व हराउने कारण राजनीति नै हो भन्ने विषयवस्तुलाई फिल्ममा रोचक तथा मर्मिक ढंगबाट प्रस्तुत गरिएको छ । अहिले छ माया छपक्कै फिल्म युट्यूबको टे«डिङ १ रहेको छ । दर्शकले आफ्नो फिल्म मन पराइदिएकोमा सबै टिमले सामाजिक सञ्चलमा धन्यवाद तथा खुशी व्यक्त गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij