
Mar 29 2025 | २०८१, चैत १६ गते
ललितपुर । कुमारीपाटी जावलाखेल सडक महोत्सव २०८१ हुने भएको छ । आउँदो चैत्र २२ र २३ महोत्सव गरिने जनाएको छ । कुमारीपाटी जावलाखेल विकास संस्थाको १२ औं बैठकले महोत्सवको निर्णय गरेको हो ।
बैठकमा सांसद रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, ललितपुर महानगरपालिका ५ का वडाध्यक्ष विकासमान श्रेष्ठ, वडा २० का वडाध्यक्ष चन्द्रलाल महर्जन, वडा न १३ का वडाध्यक्ष गणेश केसी, वडा ६ का वडाध्यक्ष रुपेन्द्रराज शाक्य, वडा ४ का वडाध्यक्ष सन्तोष खड्का, उड्डयन, पर्यटन तथा संस्कृति समितिका प्रमुख ज्ञानेन्द्र कुमार श्रेष्ठ, ज्यापु समाज यलका अध्यक्ष सन्तमान महर्जन र नेपाल राष्ट्रिय खड्गी समाजका केन्द्रिय अध्यक्ष नन्द किशोर शाहीलगायतको उपस्थिती थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij