
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । गायक प्रविन वेडवाल र गायिका रंगिला बटालाको स्वरमा रहेको गीत ‘थोरै खुशी’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । जीवन दर्शनको समेटिएको गीतमा शब्द गोपाल लोहार र संगीत संयोजन विशम आचार्यको रहेको छ ।
भिडियोमा जीवन भोगाईको यथार्थ प्रस्तुत गरिएछ । जसमा कुलदिप अधिकारी, कविता न्यौपाने र समृद्धि निरौलाको अभिनय देख्न सकिन्छ ।
श्याम तामाङको छायाँकन, विकाश दाहालको सम्पादन रहेको भिडियो काजी लिम्बु र श्याम लामाले मिलेर निर्देशन गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij