
Apr 11 2025 | २०८१, चैत २९ गते
पोखरा । कलाकार धनबहादुर गायकको निधन भएको छ । गायकको आज बिहान उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । उच्च रक्तचापका कारण स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि गायकलाई अस्पतालको आईसीयूमा राखेर उपचार गरिदै आएको थियो ।
सारंगीको संरक्षणका लागि गायकले गन्धर्व पाठशाला सञ्चालनमा ल्याएर संगीत सिक्न चाहनेलाई निसशुल्क संगित सिकाउने कार्य गर्दै आएका थिए । उनकै सक्रियतामा बाटुले चौरमा ‘झलकमान गन्धर्व सारङ्गी पाठशाला’ खुलेको थियो ।
उनको यो दाजुको मिर्मिरे आँखा, बेली र चमेली, फूल माया नभुल लगायतका गीतहरु चर्चित छन् । पोखराको बाटुलेचौर निवासी गायक संगीत शिक्षक पनि रहेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij