Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

छ महिनामा सरकारको काम लक्ष्यको ४ प्रतिशत मात्रै

छ महिनामा सरकारको काम लक्ष्यको ४ प्रतिशत मात्रै

  • काठमाडौं । सरकारले छ महिनाको अवधिमा लक्ष्यको ४ दशमलव २ प्रतिशत मात्रै काम गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको प्रधानमन्त्री कार्यालयसहित २८ सरकारी निकायको चालु आर्थिक वर्षको पुस महिनासम्मको प्रगति विवरणअनुसार यस्तो पाइएको हो ।

    images
    images
    images

    गत आर्थिक वर्ष ०८०/८१ को सोही अवधिमा ८ दशमलव ५ प्रतिशत सरकारको काम देखिएको थियो भने समीक्षा अवधिमा आव ०७९/८० मा सरकारको काम लक्ष्यको ११ दशमलव २ प्रतिशत भएको थियो ।

    सरकारले चालु आर्थिक वर्षमा एक हजार १० क्रियाकलाप सम्पन्न गर्ने लक्ष्य लिएकोमा पुस मसान्तसम्म ४ दशमलव २ प्रतिशत क्रियाकलाप सम्पन्न भएको हो ।

    पुस मसान्तसम्म १ सय ५७ क्रियाकलाप सम्पन्न गर्ने लक्ष्य लिएको थियो । जसमा २७ वटा मात्र काम सम्पन्न भएका छन् । यो भनेको १७ दशमलव २ प्रतिशत मात्र हो । ७९.६ प्रतिशत चालु अवस्थामा रहेको र ३.२ प्रतिशत काम त सुरु नै हुन नसकेको देखिएको हो ।

    आर्थिक क्षेत्रमा ४१ मध्ये १२, पूर्वाधारमा ३८ मध्ये ५, शासकीय सुधारमा ३९ मध्ये ८ र सामाजिक क्षेत्रमा ३९ मा २ वटा काम सम्पन्न भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij