
Aug 20 2025 | २०८२, भदौ ४ गते
काठमाडौं । लगातार दुई कारोबार दिन बढेको नेप्से परिसुचक बुधबार भने घटेको छ । आज नेप्से पसिुचक ९.७० अंकले घटेर २७६७.२० बिन्दुमा पुगेर रोकिएको छ । यसअघि मंगलबार नेप्से पसिुचक २७७६.९० बिन्दुमा पुगेर रोकिएको थियो ।
यसदिन कुल ३२३ स्टकको ५ अर्ब २० करोड ७ लाख ५३ हजार ८६८ रुपैयाँ बराबरको १ करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर कारोबार भएको छ ।
अघिल्लो दिन ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ रुपैयाँ बराबरको १ करोड ३१ लाख २४ हजार ३१० कित्ता शेयर कारोबार भएको थियो। यस दिन सेन्सेटिभ इण्डेक्स २.१० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक घटेको छ।
आज विकास हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता २९.२० रुपैयाँले बढेर ३२१.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । चन्द्रागिरी हिल्सको शेयर मूल्य प्रतिकित्ता ७२.८६ रुपैयाँले १०५४.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, सगरमाथा जलविद्युत कम्पनीको शेयर मूल्य प्रतिकित्ता २१.७९ रुपैयाँले बढेर ५८८.९८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
आज पञ्चकन्यामाई हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। यस कम्पनीको शयेर मूल्य आज ४०.५८ रुपैयाँले घटेर ४०८.६८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । अपर स्याङ्गे हाइड्रोपावरको शेयर मूल्य ३५.२८ रुपैयाँले घटेर ७३१.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता २०.८४ रुपैयाँले घटेर ५९१.२९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
आज नेपाल रिइन्स्योरेन्स कमपनी, हिालयन रिइन्स्योरेन्स, चन्द्रागिरी हिल्स, युनाइटेड मोदी इनर्जी र राधि विद्युत कम्पनीको शयेर सबैभन्दा धेरै कारोबार भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij