Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

१७ सय ४० ट्रामाडोलसहित सात जना पक्राउ

१७ सय ४० ट्रामाडोलसहित सात जना पक्राउ

  • काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले यहाँको एक होटलबाट प्रतिबन्धित लागू औषध ट्रामाडोल बिक्री गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक ९डिएसपी० रविन्द्र घिमिरेका अनुसार भरतपुर ९, धौलागिरी थकाली भान्सा घर एण्ड लजबाट एक जना भारतीयसहित ७ जना पक्राउ परेका हुन् ।

    images

    उनीहरुको साथबाट एक हजार ७ सय ४० पत्तामा १० क्याप्सुलको दरले १७ हजार ४ सय क्याप्सुल ट्रामाडोल ५० लेखिएको प्रतिबन्धित औषधि बरामद गरिएको पनि प्रहरीले जनाएको छ ।

    ट्रामाडोलसहित पक्राउ पर्नेमा माडी नगरपालिका-१ का २४ वर्षीय अनिष श्रेष्ठ, कालिका नगरपालिका-५ घर भएकी शान्ति गुरुङ रहेका छन् । त्यसैगरी पक्राउ पर्नेमा ठोरी गाउँपालिका-२ का २१ वर्षका विनायक तामाङ, २५ वर्षका सुर्य लामा, १८ वर्षका प्रदिप लामा, २४ वर्षका प्रदिप न्यौपाने र भारतीय ननगरिक चम्पारण आरएस मछली हट्टा रोड ७, का २४ वर्षीय आर्यन कुमार रहेका छन् ।

    पक्राउ परेका उनीहरुमाथि लागू औषध सम्बन्धि कसुरमा अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij