
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । पाटन संग्रालयमा चम्पापुर चित्रकला प्रदर्शनी सोमबारबाट सुरु भएको छ । योङ्ग पिकासोको आयोजनामा मंगलबारसम्म चल्ने प्रदर्शननीमा चम्पापुर अर्थात् चापागाउँका विभिन्न सास्कृतिक वस्तुहरुका चित्र राखिएको छ ।
विद्यार्थीहरूले कोरेका चापागाउँका पुराना घर, मठ मन्दिर, बाजा, लाखे, रहनसहनका शैली, पोसाक, देवीदेवता आदीका चित्रहरू प्रदर्शनीमा राखिएका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर ११ सँगको सहकार्यमा योङ्ग पिकासोले पुस २ गतेदेखि माघ १६ गतेसम्म बालमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि विद्यार्थीहरुलाई चित्रकला प्रशिक्षण आयोजना गरेको थियो ।
सोही चित्रकला प्रशिक्षण कार्यक्रममा तयार भएका चित्रहरुलाई प्रर्दशनीमा राखिएको योङ्ग पिकासोका निर्देशक अजय देशारले बताए ।
वडा नम्बर ११ का वडा अध्यक्ष निलबहादुर देशारले कलाले नै समाजलाई जिवन्त राखेको बताए। विद्यार्थीभाई बहिनीहरुलाई चित्रकलाको प्रशिक्षणले चापागाउँका सस्कति थप उजागर भएकोमा खुसी व्यक्त गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij