Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

विमलाको ह्याट्रिकमा आर्मीको शानदार जित

विमलाको ह्याट्रिकमा आर्मीको शानदार जित

  • काठमाडौं । त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतवार वालिङ नगरपालिकालाई ७-० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलो जित हात पारेको हो ।

    images
    images
    images

    आर्मीको जितमा विमला चौधरीले ह्याट्रिक गरिन् । यस्तै दिपा राई, शर्मिला थापा, भुजुङ्गा राई र हेमा चौधरीले समान एक एक गोल गरिन् ।

    तीन विदेशी खेलाडीसहित मैदान उत्रिएको वालिङविरुद्ध विमला चौधरीको गोलबाट आर्मीले ४ औं मिनेटमा अग्रता बनाएको थियो ।  खेलको २८ औं मिनेटमा दिपाको गोलबाट आर्मीले अग्रता दोब्बर बनायो ।

    खेलको ४४ औं मिनेटमा शर्मिलाले गोल गर्दा आर्मी पहिलो हाफमा ३-० ले अघि रह्यो । खेलको ६६ औं मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४-० को अग्रता दिलाईन् ।

    प्लेयर अफ दि म्याच बनेकी विमलाले ७५ औं मिनेटमा ह्याट्रिक पुरा गरिन् । खेलको ८९ औं मिनेटमा हेमाले गोल गर्दा आर्मी ६-० ले अघि रह्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेकी हेमाले गोल गरेकी थिइन् ।

    त्यसपछि खेलको इन्जुरी समयमा भुजुङ्गाले गोल गर्दै आर्मीलाई ७-० को जित दिलाईन् । जितसँगै आर्मीले २ खेलमा ४ अंक जोडेको छ । वालिङले २ खेलमा १ अंक जोडेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij