
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा भएको खेलमा आर्मीले वालिङ नगरपालिका स्याङ्जालाई ७–० को फराकिलो गोल अन्तरमा पाखा लगायो। त्रिभुवन आर्मी क्लवले महिला लिग फुटबलमा पहिलो जित निकालेको छ। पहिलो खेलमा बराबरी गरेको आर्मीले अंकतालिकामा स्पष्ट ३ अंक जोडेको छ।
बिमलाले ह्याट्रिक मद्दतमा खेलको १४, ६६ र ७५औँ मिनेटमा गोल गरिन् । जारी लिगमा यो दोस्रो ह्याट्रिक हो। यसअघि विभागी एपीएफकी सावित्रा भण्डारीले लिगमा पहिलो ह्याट्रिक हानेकी थिइन् । आजै हुने दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफ र विराटनगर नगरपालिका मोरङ भिड्नेछन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij