Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सुदूरपश्चिम प्रदेशलाई १ सय ९६ रनको मध्यम लक्ष्य

सुदूरपश्चिम प्रदेशलाई १ सय ९६ रनको मध्यम लक्ष्य

  • काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश-२ ले सुदूरपश्चिम प्रदेशलाई १ सय ९६ रनको मध्यम लक्ष्य दिएको छ ।

    images
    images
    images

    टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश-२ ले ४२ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनाएको थियो । प्रदेश-२ का हरिशंकर साहले ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै विवेक यादवले ४१ रन जोड्दा महबुब आलमले २३ रन जोडे ।

    राहुल प्रताप सिंह १२ रन आउट हुँदा कुमार थापा ११ रनमा नट आउट रहे । सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले ३-३ विकेट लिए ।

    अरुण ऐरीको नाममा २ विकेट रह्यो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij