
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय कार्यकारी परिषद्ले तीन जना डिन र एक जना निर्देशक नियुक्त गरेको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा.शारदा थपलियाका अनुसार कृषि संकायमा अर्जुनकुमार श्रेष्ठ, भेटेनेरी सङ्कायमा प्रा.डा.भूमिनन्द देवकोटा र वन सङ्कायमा प्रा वासुदेव पोखरेल नियुक्त भएका छन् ।
परिषद्ले प्रा.डा. निराजन भट्टराईलाई अनुसन्धान निर्देशकको रुपमा नियुक्त गरेको छ । विश्वविद्यालयमा १० जना निर्देशकको दरबन्दी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij