
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । जितसँगै प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । एफए कप अन्तर्गत शनिवार राति भएको चौंथो चरणमा चेल्टनहम टाउनमाथि ३-१ को जित हात पार्दै सिटीले अर्को चरणमा स्थान बनाएको हो ।
लिग टु क्लब चेल्टनहमविरुद्ध एक गोलले पछि परेपनि सिटीले पुनरागमन जित हात पारेको हो । खेलको ५९ औं मिनेटमा अल्फी मेले गोल गर्दै चेल्टनहमलाई अग्रता दिलाएका थिए । तर, ८१ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ८४ औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीलाई ३-१ को जित दिलाए ।
अब सिटीले पाँचौं चरणमा च्याम्पियनसिप क्लब स्वान्सी सिटीसँग भिड्ने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij