
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । बाँके र कञ्चनपुरबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ६० मिलिग्राम सहित कोहलपुर नगरपालिका-६ बस्ने २२ वर्षीय अर्जुन थारूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार जमुनाहबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
यसैगरी बेलौरी नगरपालिका-८ पचुईबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय १० मिलिग्राम सहित कैलाली गोदाबरी नगरपालिका-२ तेघरी बस्ने २१ वर्षीय कमल खड्कालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij