Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आज प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

आज प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । समसामयिक राजनीति, संसद विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल गर्न दिउँसो साढे १२ बजे स्थायी कमिटी बैठक बोलाइएको सो समूहका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    images
    images
    images

    संसद विघटनविरुद्ध शुक्रवार काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदमविरुद्ध अन्य दलहरुसँग संयुक्त आन्दोलन गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij