Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

काठमाडौंका दुई ठाउँमा आगलागी

काठमाडौंका दुई ठाउँमा आगलागी

  • काठमाडौं । काठमाडौंका दुई ठाउँमा आगलागी हुँदा झण्डै ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

    images
    images
    images

    बूढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल बस्ने उमेश गिरीको कुखुरा फार्ममा विद्युत् चुहावट भइ सोमबार राति आगलागी हुँदा करिब ६ लाख ३६ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    यसैगरी दक्षिणकाली नगरपालिका–९ लामागाउँ बस्ने सुशीला तामाङको सुशीला किराना पसलमा पनि विद्युत् चुहावट भई सोमबार राति आगलागी हुँदा करिब चार लाख ६० हजार हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।

    स्थानीय बासिन्दाको सहयोगमा आगलागी निभाइएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij