Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

पाँच हजार आठ सय १५ रोपनीको गाँजा फँडानी

पाँच हजार आठ सय १५ रोपनीको गाँजा फँडानी

  • काठमाडौँ : प्रहरीले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा मुलुकका विभिन्न क्षेत्रमा लगाइएको पाँच हजार आठ सय १५ रोपनी क्षेत्रफलको गाँजाखेती फँडानी गरेको छ ।

    images
    images
    images

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा दुई हजार नौ सय ३७ रोपनी क्षेत्रफलमा गाँजाखेती नष्ट गरिएको छ । कोशी प्रदेशमा एक हजार आठ सय १४ रोपनीमा, काठमाडौँ उपत्यकामा एक सय २०, गण्डकी प्रदेशमा तीन सय ४५, लुम्बिनी प्रदेशमा एक सय ६९ रोपनी क्षेत्रफलमा गाँजाखेती नष्ट गरिएको छ ।

    त्यसैगरी, मधेश प्रदेशमा दुई सय ५३, कर्णाली प्रदेशमा पाँच  रोपनी र सुदूरपश्चिम प्रदेशमा एक सय ७२ रोपनीमा लगाइएको गाँजाखेती नष्ट गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij