Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

तीन छात्राद्वारा विष सेवन

तीन छात्राद्वारा विष सेवन

  • बर्दिवास : बर्दिवास ११ स्थित निर्मललामा बहु प्राविधिक शिक्षालयका एक साथ विष सेवन गरेका तीन जना छात्रामध्ये एक छात्राको मृत्यु भएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार विष सेवनबाट सिरहा धनगढी नगरपालिका १० घर भएकी १७ वर्षीया छात्रा रिङ्कु शर्माको मृत्यु भएको हो ।शर्मालाई मङ्गलबार बिहान बर्दिवासस्थित इलाका प्रहरीले पौने १२ बजेतिर बर्दिवास ४ स्थित जङ्गली क्षेत्रबाट अचेत अवस्थामा उद्धार गरी बर्दिवास अस्पताल पुर्‍याएको थियो । अस्पतालका डा. रोशन अधिकारीले अस्पताल पुर्‍याउनु अघि उहाँको मृत्यु भइसकेको जानकारी दिनुभयो ।

    रिङ्कु साथै विष सेवन गरेका उषा पण्डित र सन्जु यादवको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । दुवै छात्राको अवस्था मध्यम रहेको अस्पतालका डा. उदय दिवाकरले बताउनुभयो । शिक्षालयका प्रशासकीय अधिकृत दाबा योन्जनले विष सेवन गरेका तीनै जना जियोमेट्री अमिन विषयको प्रथम वर्षका छात्रा रहेको बताउनुभयो । विष सेवन गर्नुपर्ने एकिन कारण खुल्न सकेको छैन । तर एकजना छात्राको टेस्ट परीक्षा बिग्रेको पीडामा विष सेवन गरेको प्रारम्भिक सोधपुछमा खुलेको छ ।

    शिक्षालयले केही दिनअघि लिएको टेस्टमा मृतक रिङ्कुको फिजिक्सको पेपर बिग्रिएका कारण विष सेवन गरेको अस्पतालमा भर्ना हुनुभएको सन्जुले बताउनुभयो । सोमबार बिदाको दिन भएकाले तीनै जना छात्रा गाईड किन्न बर्दिवास बजार गएका थिए । गाइड किनेपछि रिङ्कुले लुकेर विष पनि किनेको अस्पतालमा उपचार गराइरहेका उषा र सन्जुले बताउनुभयो ।

    बर्दिवासबाट खयरमारा फर्कने क्रममा जङ्गली क्षेत्रमा पुगेर रिङ्कुले पहिले आधा सिसी विष सेवन गर्नुभएको थियो । रिङ्कुको करकापमा परेर आफुहरूले पनि एक एक बिर्को सेवन गरेपछि त्यसपछि के भयो थाहा नभएको दुवै छात्राले बताउनुभयो ।

    रिङ्कुले विष सेवन गरेपछि ‘म त मरि हाल्छु साथै नमरे तिमीहरूलाई प्रहरीले पक्राउ गरी जेल हाल्छ’ भनेपछि डराएर बाध्य भएर एक एक बिर्को विष सेवन गरेको सन्जुले बताउनुभयो । बर्दिवास प्रहरीका डिएसपी रेवती रमण पोखरेलले घटनाबारे थप विवरण सङ्कलन र छानबिन भइरहेको बताउनुभयो ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij