Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

केही दिन तराई मधेशका क्षेत्रमा हुस्सुले जनजीवन प्रभावित हुन सक्ने

केही दिन तराई मधेशका क्षेत्रमा हुस्सुले जनजीवन प्रभावित हुन सक्ने

  • काठमाण्डौ : अबका केही दिन तराई मधेशका क्षेत्रमा हुस्सुले जनजीवन प्रभावित हुन सक्ने जलवायुविज्ञले बताएका छन् । मधेश प्रदेशदेखि पश्चिम तराईको कञ्चनपुरसम्म लागेको हुस्सु अझै तीनरचार दिन कायम रहने सम्भावना रहेको जलवायु विपद‍् विज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिनुभयो ।

    images
    images
    images

    उहाँका अनुसार दिउँसो केही ठाउँमा हुस्सु हटे पनि तराई, मधेश र खोँचहरूमा लागेको हुस्सु बुधवारसम्म कायमै रहने सम्भावना छ । तराई क्षेत्रमा न्यूनतम तापक्रम घट्ने र केही ठाउँमा शीतलहर चल्ने सम्भावनासमेत रहेको छ।

    बुधवार पश्चिमी वायुको सामान्य प्रभाव देखिने भएकोले त्यसले केही दिन हुस्सु हट्ने सम्भावना रहेको जलवायु विपद् विज्ञ डा. उप्रेतीले बताउनुभयो । हुस्सुका कारण चिसो बढ्नुका साथै यसमा प्रदूषण समेत रहने भएकाले स्वास्थ्यमा सावधानी अपनाउन उहाँको आग्रह छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij