Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सोलुखुम्बुमा चोकचोकमा आगो ताप्ने व्यवस्था

सोलुखुम्बुमा चोकचोकमा आगो ताप्ने व्यवस्था

  • सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा अत्यधिक चिसो बढेपछि जिल्ला प्रशासन कार्यालयले चोकचोकमा आगो ताप्ने व्यवस्था गरेको छ ।

    images
    images
    images

    सदरमुकाम सल्लेरीको तापक्रम माइनसमा झरेसँगै जनतालाई चिसोबाट जोगाउन वडा नम्बर ४ फाप्लु र वडा नम्बर ५ सल्लेरीका विभिन्न चोकमा सोमबार बिहानैबाट आगो बाल्न थालिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।

    यसअघि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार दाउराको व्यवस्थापन गरी जनतालाई आगो तपाइएको प्रजिअ घिमिरेले बताए । ‘चिसोबाट जनतालाई जोगाउनु राज्यको दायित्व हो,’ प्रजिअ घिमिरेले भने, ‘यो अभियान सांकेतिक र चेतनामूलक हो, सम्भव हुने सबै ठाउँमा बिहानबेलुका आगो बालेर नागरिकलाई न्यानोपन दिन्छौं ।

    खुम्बु क्षेत्रमा पनि डिभिजन वन र निकुन्जसँग समन्वय गरेर मुख्य बस्तीको चोकमा आगो बालिने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij