Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

 इसेवामा दिनहुँजसो समस्यास् , पैसा ठगी र हुण्डीको आरोप लगाए प्रयोगकर्ताले

 इसेवामा दिनहुँजसो समस्यास् , पैसा ठगी र हुण्डीको आरोप लगाए प्रयोगकर्ताले

  • काठमाडाैं : भुक्तानी सेवा सञ्चालक कम्पनी एफवनसफ्टअन्तर्गत रहेका मोबाइल बैंकिङ र इसेवा वालेटमा पछिल्लो ५ दिनमा ३ पटक भन्दा बढी समस्या देखिएको छ ।

    images
    images
    images

    पछिल्लो पटक बिहीवार साँझ आधा घण्टा भन्दा बढी  भुक्तानी नहुने, ब्यालेन्स नदेखाउने लगायतका समस्या देखिएको थियो । प्रयोगकर्ताले इसेवाको वालेटमा मात्र समस्या नभई एफवनसफ्ट अन्तर्गतका सबै मोबाइल बैंकिङ एपमा समस्या आएको गुनासो गरिरहेका छन् ।

    images

    यसअघि पुस ८ गते र ६ गते पनि प्रयोगकर्ताले यस्तै गुनासो गरे । गुनासो अत्याधिक भएपछि इसेवाले एक सूचनामार्फत प्राविधिक कठिनाइका कारण इसेवाका सेवाहरु केही समयका लागि अस्थायी रुपमा अवरुद्ध भएको जनाउँदै क्षमा मागेको थियो । पछिल्लो एक वर्षमा एफवनसफ्टको मोबाइल बैंकिङ एप र इसेवामा २ दर्जन भन्दा बढी पटक समस्या आएको छ ।

    इसेवाको यस्तो कार्यले उपभोक्ताको आधारभूत हकको संरक्षण नभएको उपभोक्ता हकसम्बन्धी अभियान चलाइरहेका अभियन्ताहरू बताउँछन् । उसो त इसेवाको आधिकारिक फेसबुकमै प्रतिक्रिया दिँदै अधिकांश उपभोक्ताले इसेवाको सेवा झुर भएको बताउने गरेका छन् ।

    बिहीवार साँझ इसेवाले आफूलाई अवरोधरहित सेवाका लागि फोन गर्नुहोस् भन्दै फेसबुकमा आफ्नो टोलफ्री नम्बर सार्वजनिक गरेको थियो । त्यसमा आएका अधिकांश प्रतिक्रिया हेर्दा इसेवाको सेवा कति नराम्रो रहेछ भन्ने प्रष्ट हुन्छ । साधुराम शर्मा नामका प्रयोगकर्ता लेख्छन्, मैले गत हप्ता नै इमेल पठाएको थिएँ, अहिलेसम्म रेस्पोन्स छैन । कुनै दिन इसेवाको भरमा नास्ता गरेर होटेलको भाडा माझ्न मात्र बाँकी छ, अर्का प्रयोगकर्ता अखिल प्रजापतिले कटाक्ष गरेका छन् । त्यस्तै बिजय राई लेख्छन्, तेरो भर पर्दा कहिले काहीं लाजमर्दो अवस्थामा परिन्छ ।पटक पटक हुने सेवा अवरुद्धलाई प्राविधिक कारण देखाएर इसेवाले भित्र भित्रै हुण्डी जस्तो गैर कानूनी कारोवार गर्ने गरेको आरोप पनि प्रयोगकर्ताले लगाएका छन् ।

    images

    ९० प्रतिशत अनलाइन कारोबार आफू र भगिनी संस्थाहरूमार्फत भएको दाबी गर्ने एफवनसफ्ट पछिल्लो समय लापरवाह हुन थालेको फिनटेक फाइनान्सियल टेक्नोलोजीका विज्ञहरू बताउँछन् ।राष्ट्र बैंकमा परेका उजुरीहरूले एफवनसफ्टमा गम्भीर समस्या देखिन थालेको पुष्टि गर्छन् । राष्ट्र बैंकका एक कर्मचारीले भने, जोखिमको अवस्था मोनिटर गर्दैछौं । उजुरीहरू आएका छन् र कतिपय उजुरीउपर कारबाही पनि भएका छन् । यसबारे हामीले कुनै कम्परमाइज नगरी एक्सन लिइरहेका छौं ।

    अहिले केही वाणिज्य बैंकहरूले आफ्नै स्विच विकास गरिरहेका छन् । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ यस्तो ठगीबाट जनता आजित भएको भन्दै यसबारे अध्ययन भइरहेको बताए । इसेवाले विद्युतीय कारोवार ऐनको बर्खिलाप हो । ठगी मुद्दा पनि हो । हामीले यसबारे कानूनी अध्ययन गरिरहेका छौं, उनले भने । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij