Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

जिल्ला ट्राफिक कार्यालय बर्दीबासले प्रशिक्षण अभियान सुरु गरेको छ

जिल्ला ट्राफिक कार्यालय बर्दीबासले प्रशिक्षण अभियान सुरु गरेको छ

  • बर्दीबास : चुनौतीपूर्ण बन्दै गएको सडक असुरक्षा न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालय बर्दीबासले प्रशिक्षण अभियान सुरु गरेको छ ।

    images
    images
    images

    यस अभियानमा नगर क्षेत्रका २३ वटा माध्यमिक विद्यालयका पाँच हजार ७० जनालाई समेटिएको छ । बर्दीबास ट्राफिकको यो महत्वाकांक्षी अभियानमा विद्यार्थी साथ उनका अभिभावक, स्थानीय जनप्रतिनिधि, शिक्षक र कर्मचारीलाई समेत सहभागी गराइने तालिका छ । विद्यालयका बालबालिका सूचनाका संवाहकसमेत भएकाले विद्यालय तहबाट सडक सचेतना कार्यक्रमको थालनी गरेको बर्दीबास ट्राफिक प्रमुख लक्ष्मीराज जोशीले बताउनुभयो ।

    उहाँले यो कार्यक्रम पुसदेखि माघसम्म प्रत्येक विद्यालयमा क्रमिकरुपमा गर्दै जाने जानकारी दिनुभयो । अभियानको थालनी बर्दीबास १ स्थित देउराली माध्यमिक विद्यालयबाट गरिएको छ । यसको उद्घाटन बर्दीबास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्री र प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले आज संयुक्त रुपमा गरेपछि अभियानको औपचारिक सुरुवात भएको जनाइएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख क्षेत्रीले यसै महिनादेखि पूर्वपश्चिम राजमार्ग एशियाली मापदण्डमा स्तरोन्नति हुने भएकोले ट्राफिक ज्ञान तथा सडक अनुशासनको औचित्य र महत्व थप आवश्यक भएको बताउनुभयो । सडक अनुशासनको पालना दण्ड र जरिवानाले भन्दा पनि शिक्षा, सचेतना र सहमतिले हुने भएकोले ट्राफिकको विद्यालय अभियानलाई बर्दीबास नगरपालिकाले सहयोग र सहकार्य गरेको उहाँको भनाइ थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले ट्राफिक नियम र सडक अनुशासनलाई संस्कारको रुपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

    उहाँले सवारी लाइसेन्सलाई सहज बनाउन आफनो तहबाट पनि सहजीकरण गर्ने प्रतिबद्धता प्रकट गर्नुभयो । प्रजिअ कवाडीले भन्नुभयो, ूअव्यवस्थित पार्किङ, अतिक्रमित सडक, सडकमै हाटबजार जस्ता समस्या समाधानका लागि तपाईंहरु कदम बढाउनुस् प्रशासनले आवश्यक सहयोग गर्छ ।

    महोत्तरीका प्रहरी उपरीक्षक नकुल पोखरेलले उद्घाटन सत्रमा सहभागी स्कुले विद्यार्थीलाई प्रश्नोत्तर शैलीमा ट्राफिक ज्ञान र सडक अनुशासनसम्बन्धी गराएको जानकारीले कार्यक्रमलाई रोचक मोड दिएको थियो । पोखरेलले भन्नुभयो, सडक सुविधा मात्र हैन । नजान्दा यो दुर्घटनास्थल पनि हो । ट्राफिक नियम र सडक अनुशासनको पालनाले दुर्घटनाबाट बच्न सकिने हुँदा यो अभियान सञ्चालन गरिएको हो । पथलैयास्थित मधेश प्रदेश ट्राफिक प्रमुख भीमकिरण बोगटीले नियम लाद्ने र राजस्व असुलने मात्र ट्राफिक प्रहरीको लक्ष्य नभएको स्पष्ट पार्नुभयो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij