Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

नेपाल जेसीजको अध्यक्षमा रजनी थापा निर्वाचित

नेपाल जेसीजको अध्यक्षमा रजनी थापा निर्वाचित

  • नेपाल जेसीज वर्ष २०२५ को राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छिन् । इटहरीमा सम्पन्न ५१औँ महाधिवेशनबाट अर्का प्रतिस्पर्धी जीवन कार्कीलाई हराउँदै थापा निर्वाचित भएकी हुन् । थापाले ७६२ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कार्की ४५३ मतमा सीमित रहे । यसअघि थापा जेसीज वर्ष २०२४ का अध्यक्ष रबिन केसीसँग पराजित भएकी थिइन् ।

    images
    images
    images

    यस्तै, जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा, र सौरभ श्रेष्ठ निर्वाचित भए । यस्तै, उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, सुमित्रा भट्टराई, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन् ।

    मनोहरा जेसीजकी संस्थापक अध्यक्ष रहेकी उनी यसअघि विभिन्न क्षेत्रमा नेतृत्व गरिसकेकी छन् । नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा ९१७ जना निर्वाचित० एक अध्यक्ष, चार कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् भने तीन जना अध्यक्षले मनोनयन र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij