Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

केपी ओलीलाई प्रचण्डको खुला चुनौती : ‘एउटा कर्मचारीलाई छोएर देखाउ’

केपी ओलीलाई प्रचण्डको खुला चुनौती : ‘एउटा कर्मचारीलाई छोएर देखाउ’

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोनलमा गएका कर्मचारीहरुलाई ढुक्क हुन आग्रह गरेका छन् ।

    images
    images
    images

    आज प्रचण्ड-नेपाल समूहले काठमाडौंमा गरेको विरोध सभालाई सम्बोधन गर्दै विरोध सभामा उपस्थित हुने कर्मचारीहरुलाई कारबाही गर्ने भन्ने प्रधानमन्त्री केपी ओलीको कुराहरुमा आफूहरुले अडान लिने बताएका छन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीका साइवर सेनालाई साइवर स्यालको संज्ञा दिँदै कार्यक्रममा उपस्थित हुने कर्मचारीहरुलाई ढुक्क बन्न आग्रह गरेका हुन् ।

    “सबै कर्मचारी साथीहरु हिजो गणतन्त्र आन्दोलनमा जे गर्नुभयो । “केपीका साइवर स्यालहरुले रेकर्ड राख्ने रे । कारबाही गर्ने रे । हुनेवाला केही छैन् ।”

    त्यस्तै आफूहरुले तीन वर्षको समयमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुधार गर्न नसकेको बताएका छन् । आफूहरुले मिल्नका लागि धेरै कोसिस गरेपनि कुनैपनि हालतमा सुधार गर्न नसकेको समेत टिप्पणी गरेका छन् ।

    “हामीले तीन वर्षमा केपीलाई तह लगाउन सकेनौ । केपीलाई सम्झाइ बभफाइ फकाइ गरेर उनको कुरा मानेचाँही हुन्छ कि भनेर मान्यौ । तर ओलीलाई सुधार गर्न सकेनौ । केपीको सनकको भरमा निरंकुसतालाई साथ दिन्छ भन्ने भ्रममा नपरौ । आज काठमाडौंमा भएको जनसभालाई सर्वोच्च र निर्वाचन आयोगले राम्रैसँग देखेको छ ।” उनले भने ।

    प्रधानमन्त्री ओलीले सत्तामा जानका लागि जे पनि सहमती गर्ने गरेको आरोप समेत लगाएको छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij