Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा

फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा


  •   ललितपुर।  फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा पुगेको जानकारी प्राप्त भएको छ । 

    images
    images
    images

    सोमबार दिउँसोदेखि बाटो भुलेर जङ्गलमा हराइरहेकाको उद्धारको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो । सोमबार दिउँसोदेखि हराइरहेका छुट्टाछुट्टै दुई समूहका १३ जना फोन सम्पर्कमा रहेको उद्धार भइरहेको उहाँले बताउनुभएको हो ।

    images

    “गोदावरी नगरपालिका–३ फुल्चोकीमा हाइकिङका लागि गएका सात जनाको एक समूह अपराह्न १५ः३० बजेदेखि र ६ जनाको अर्को समूह १६ः०० बजेदेखि छोटो दूरीको बाटो भन्दै फर्कने क्रममा हराएको जानकारीमा आएको छ । हराएका दुवै टोली सही मार्ग खोज्ने क्रममा एक आपसमा भेट भएका छन् । अहिले उनीहरू प्रहरीसँग सम्पर्कमा छन् । उद्धारका लागि हाल प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको छ”, सूचना अधिकारी पौडेलले भन्नुभयो ।

    हराउनेमध्ये  १० जना युवा र तीन युवती रहेको उहाँले बताउनुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij