
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ ।
यो गत आवको सोही अवधिको तुलनामा ७७.७७ प्रतिशत बढी हो । त्यसबेला १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।
चालू आर्थिक वर्षको साउनदेखि जेठसम्मको अवधिमा सबैभन्दा बढी सोयाबिन तेलको निर्यात भएको छ । यस अवधिमा ४४ करोड २६ लाख ५१ हजार बढी केजीको ९३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बराबरको सोयविन तेल निर्यात भएको हो ।
त्यस्तै, ११ अर्ब ३३ करोड रुपैयाँ बराबरको सनफ्लावर तेल निर्यात भएको छ । नेपालबाट ९ अर्ब ७८ करोड १० लाख रुपैयाँ बराबरको कार्पेट निर्यात हुँदा ७ अर्ब १९ करोड रकम बराबरको अलैँची निर्यात भएको छ । यो अवधिमा ४ अर्ब २९ करोड रुपैयाँको पातलो कार्पेट पनि निर्यात भएको भन्सारको तथ्यांकमा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij