Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

दुई जनप्रतिनिधिको निधन

दुई जनप्रतिनिधिको निधन

  • काठमाडौं । उदयपुरमा दुई जना जनप्रतिनिधिको निधन भएको छ । रौतामाई गाउँपालिका-२ का वडा अध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका-३ का वडा सदस्य छविलाल मगरको निधन भएको हो ।

    images
    images
    images

    रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरका अनुसार उनीहरू दुबै जनाको शनिवार निधन भएको हो । कांग्रेसबाट निर्वाचित वडा सदस्य मगरको घरमै निधन भएको हो भने वडाध्यक्ष दाहालको अस्पतालमा निधन भएको हो ।

    images

    मुटु रोगी रहेका वडाध्यक्ष दाहालको उपचारकोक्रममा निधन भएको रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरले जानकारी दिए । उनले भने, ‘वडाध्यक्ष दाहालको टिचिङ अस्पताल महाराजगञ्जमा मुटुको अपरेसन गरिएको थियो । सुगर र प्रेसरको पनि रोगी थिए । धेरै वटा रोग भएकाले अपरेसन सफल हुन सकेन । शनिवार उनको निधन भएको हो ।’

    नेकपा एमालेको कोशी प्रदेश विभागका सदस्य रहेका दाहाल २०७९ सालमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी २०५४ सालमा भुट्टार गाउँ विकास समितिमा एमालेबाटै गाविस अध्यक्षमा समेत निर्वाचित भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij