
Jun 22 2025 | २०८२, असार ८ गते
भक्तपुर । भक्तपुरको नगरपालिका–२ स्थित बालकोटमा बुबा र छोरा सोमबार मृत अवस्थामा फेला परेका छन् । बालकोट फिकाधाराको साढे तीन तल्लाको घरमा डेरामा वस्दै आएका खोटाङ जिल्ला हुलाक कार्यालयका निमित्त पोस्टमास्टर कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रवीण आचार्य मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ५६ वर्षीय आचार्य बालकोटमा भाडाको घरमा बसेका आफ्ना दुई छोरा जेठा मिलन र कान्छो छोरा प्रवीणलाई भेट्न आचार्य पाँच दिनअघि भक्तपुर आएका थिए ।
सोमबार बिहान छिमेकीले दुवै बाहिरी ढोका बाहिरबाट ताला लगाएको र कोठाभित्र बाबु छोरा मृत अवस्थामा फेला परेको बताए । शवमा घाउका चोटहरू भेटिएको र बाहिरबाट ताला समेत लगाइएकोले उनीहरुको हत्या भएको हुनसक्ने आशंका प्रहरीको छ । उनीहरुसँगै बसेका आचार्यका जेठा छोरा मिलन हाल बेपत्ता भएकाले घटनाको आशंका झनै बढेको बताइएको छ ।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको र तालिमप्राप्त कुकुरसहित घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij