
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं । मानव बेचबिखन विरुद्धकी अभियन्ता, शक्ति समूह कि संस्थापक अध्यक्ष सुनिता दनुवारको असामयिक निधन भएको छ ।
मानव बेचबिखन विरुद्धको अभियानमा सक्रिय समाजसेवी सुनिता दनुवारको आज बिहान जोरपाटीस्थित आफ्नै निवासमा ओछ्यानमै बेहोस अवस्थामा भेटिएकी हुन् । त्यसपछि नेपाल मेडिकल कलेज जोरपाटी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण खुल्न भने बाँकी छ।
मानव बेचबिखन विरुद्धको अभियानमा सक्रिय समाजसेवी उनलाई २०१८मा अमेरिकी राज्य विभागले व्यक्तिहरूको बेचबिखन विरुद्धको प्रयासको लागि ‘टिप हिरो’ को रूपमा सम्मानित गरेको थियो। योसँगै उनलाई फर्च्यून पत्रिकाले विश्वका ५० महान् नेताहरूको सूचीमा समावेश गरेकाे थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij