Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

ट्रकको ठक्करपछि सडकछेउमा सुतेका युवकको मृत्यु

ट्रकको ठक्करपछि सडकछेउमा सुतेका युवकको मृत्यु

  • काठमाडौं । मकवानपुरको हेटौडामा ट्रकको ठक्करपछि सडकछेउमा सुतेका युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार हेटौंडा रजतजयन्ती चोकमा ना.६ ख ३३७६ नम्बरको ट्रकले किच्दा सडक छेउमा सुतेका हाल वतन नखुलेका अन्दाजी ३५ वर्षीय कृष्ण न्यौपानेको मृत्यु भएको छ ।

    images
    images
    images

    सोमबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पताल हुँदै एलाईभ अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारवाही सुरु गरेको छ ।

    दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij