
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । कैलालीसँग जोडिएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमानाका आज बन्द गरिएको छ ।
भारतको लखिमपुरी खिरीस्थित पलियामा आज भइरहेको उपनिर्वाचनलाई मध्यनजर गरेर दुई देशको सीमा नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
बिहान ६ बजेबाट बन्द गरिएको सीमा नाका बेलुका ६ बजे खुल्ने जनाइएको छ ।
पलियामा रहेको नगर परिषद्को रिक्त अध्यक्ष पदका लागि त्यहाँ उपनिर्वाचन भइरहेको बताइएको छ । जोशीका अनुसार निर्वाचन सकिएपछि सीमा नाका खुल्नेद्ध ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij