
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ४२ अंकले घटेर २६८२ दशमलव २९ को विन्दुमा पुगेको छ ।
बिहीबार ३०४ कम्पनीका ६७ हजार १२८ पटकको कारोबारमा १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब १४ करोड ४० लाख ६५ हजार ७४४ रुपैयाँ रहेको छ ।
४० कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको घटेको छ । १३ उपसमूहमध्ये म्युचुअल फन्ड र निर्माण कम्पनी बढ्दा अन्य राताम्मे छन् । आज जानकी फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij