
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारमा लैजाने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु लामो समयसम्म झुक्याएर राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएपछि पीडितहरुले जाहेरी दिएका हुन् ।
प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पीडितको उजुरीमाथि अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने लमजुङ सुमित बस्याल र खोटाङका इच्छा गुरुङ पक्राउ परेका हुन् । उनीहरूमध्ये बस्याल टोखाबाट र गुरुङ बुढानीलकण्ठबाट पक्राउ गरिएको हो ।
बस्यालले २ लाख ४० हजार र गुरुङले १ लाख ठगी गरेको उजुरी परेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij