Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

चिसो बढेसँगै बाढीपीडितलाई घरबासको चिन्ता

चिसो बढेसँगै बाढीपीडितलाई घरबासको चिन्ता

  • ललितपुर ।  गत असोज १२ गते शनिबारको बाढीले काठमाडौँ उपत्यकामा ठूलो जनधनको क्षति गर्‍यो । बागमती, नख्खु खोला र दक्षिण ललितपुरको थोत्ने खोलामा आएको बाढीको कारण केहीले ज्यान गुमाए भने केही अझै बेपत्ता छन् । 

    onlinepatrika
    Arghakhachi

    दक्षिण ललितपुरको महाकाल गाउँपालिका–२ थोत्ने खोलामा आएको बाढीको कारण ४८ घर पूर्णरूपमा विस्तापित भए । थप चौध घर बस्न मिल्ने अवस्थामा छैनन् । बाढीले क्षति गरेको करिब दुई महिना पुगिसक्दा पनि अझै कहाँ बस्ने भन्ने यकीन छैन । 

    AGNI GROUP

    सरकारले राहत स्वरुप बाढीपीडितलाई दिने भनेको ५० हजारमध्येमा पहिलो किस्ताको २५ हजार बाढीपीडितले अझै पाउन सकिरहेका छैनन् । बाढीले घरवास पूर्णरूपमा क्षति पुर्‍याएका पीडित हाल आफन्तकोमा बसेर दैनिकी चलाइरहेका छन् । घरवास नै नभएका पीडितलाई कहाँ बस्ने चिन्ता रहेको महाङ्काल गाउँपालिका–२ का वडाध्यक्ष जोनीकुमार न्यासुर बताउनुहुन्छ । 

    महाँकाल गाउँपालिका–२ का वडाध्यक्ष न्यासुरका अनुसार बाढीले क्षति पुर्‍याएको पूर्ण विवरण सङ्कलनको काम अन्तिम चरणमा छ । क्षति विवरण पूर्णरूपमा सङ्कलन भएपछि बाढीपीडितलाई पहिलो किस्ता वितरण गरिनेछ । हाल वडा कार्यालयको समन्वयमा विभिन्न दातृनिकायले दिएको राहत पीडितलाई वितरण गरीरहेको अध्यक्षको जोनीकुमारको भनाइ छ । 

    अध्यक्ष जोनीकुमारले भन्नुभयो, “बाढीले क्षति पुर्‍याएको करिब दुई महिना वितिसक्दा पीडितले बस्ने वास पाएका छैनन् । कोही गाउँमै आफन्तकोमा बसेका छन् भने कोही ललितपुर महानगरमा गएर आफन्तको बसेका छन् । अठचालिस घरको कुनै नाम निसानै छैन । चौध घर बस्न योग्य छैनन् ।” उहाँका अनुसार एकीकृत बस्तीको लागि ६७ घरधुरी बाढी पीडितले वडामा निवेदन दिएका छन् । बाढीपिडितको माग अनुसार महाँकाल गाउँपालिकाकै टुटुवा थुम्कामा बस्ती एकीकृत बस्ती बसाउने पालिकास्थरीय सर्वदलीय बैठकमार्फत पारित भइसकेको छ ।

    बाढीले घरवास नै बगाएर लगेपछि हाल लितपुरको सातदोबाटोस्थित छोरीको घरमा बस्ने गरेका महाँकाल गाउँपालिका–२ मनिखेल थोत्ने खोलाका बाढीपीडित बुद्धिमान स्याङतान बताउनुहुन्छ । घरबास बाढीले बगाएर लगेपछि आफन्तकोमा अस्थायी रुपमा बस्नुपरेको बाध्यता बुद्धिमानको जस्तै अरु धेरैको छ । उहाँ भन्नुहुन्छ, “बाढीले बस्तीलाई बगरमा परिणत गरेको छ । कसको घरबास कहाँ नेर हो भन्ने ठम्याउन सकिँदैन । बाढीको प्रकोपबाट बाँचेका केहीले अब कहिल्यै त्यो ठाउँमा नफर्कने निधो गरेका छन् ।”

    दातृनिकायले राहातस्वरुप दिएको सहयोगले कतिपयले टहरा निर्माण गरेर अस्थायी रुपमा बसेका छन् भने, कपिय अझै आफन्तको बसेर सरकारले राहातस्वरुप दिने भनेको पहिलो र दोस्रो किस्ताको ५० हजारको प्रतिक्षामा छन् । स्थानीय गोमामाया लामाका अनुसार अब विस्तारै सबैले टहरा निर्माण गर्दैछन् । वडा कार्यलयको समन्वयमा दातृनिकायबाट पाएको राहतले दैनिकी चलाए पनि पुर्खौँदेखिको घरबास बाढीले बगरमा परिणत गरेपछि अस्थायी टहरा कहाँ बनाउने चिन्ता छ । 
    –––

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij