
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले आज वडाहरुमा विरोध प्रदर्शन गर्दैछ । संसद विघटनको विरोधमा आज देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन आयोजना गरिएको कांग्रेसले जनाएको छ ।
यसअघि विघटनको विरोधस्वरुप गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकामा प्रदर्शन गरिसकेको कांग्रेसले विरोधका कार्यक्रमलाई वडा स्तरमा केन्द्रित गरेको हो ।
विरोध प्रदर्शनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवाले सबैमा अपिल समेत गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij