Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नेपालमा कोरोनाविरुद्धको १० लाख डोज खोप भोलि आउँदै, पहिलो प्राथमिकता कसलाई ?

नेपालमा कोरोनाविरुद्धको १० लाख डोज खोप भोलि आउँदै, पहिलो प्राथमिकता कसलाई ?

  • नारायण ढुङ्गाना, काठमाडौँ । नेपाललाई भारत सरकारले कोभिड¬–१९ विरुद्धको १० लाख मात्राको खोप सहयोग गरेको छ । उक्त खोप सम्भवतः बिहीबार  नेपाल आइपुग्ने छ । भारतले अनुदानका रुपमा खोप दिन लागेको हो । उसले नेपालसहित भुटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई पनि खोप अनुदान सहायतास्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । नेपालले कुल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउन उपयुक्त जनसङ्ख्याका रुपमा तय गरिसकेको छ ।  

    images
    images
    images

    आज मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलनमार्फत स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री ह्रदयेश त्रिपाठीले र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालेछिट्टै खोप आइपुग्ने जानकारी दिनुभयो । मन्त्री त्रिपाठीले भारत सरकारले प्रतिकूलावस्थामा पनि औषधिलगायत आपूर्ति जारी राखेकामा सराहना व्यक्त गर्दै खोप अनुदान सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिनुभयो ।

    सीमित देशका सीमित क्षेत्रमा मात्रै खोप उत्पादन हुँदै आएको जानकारी दिँदै उहाँले भारतले दिन लागेको खोप नेपाली परिवेशअनुसारको भण्डारण र  ढुवानी गर्न सक्ने रहेको  बताउनुभयो । खोप उपलब्ध हुनुलाई नेपाल¬भारतका बीचको मित्रताको अनुपम उदाहरणका रुपमा लिँदै उहाँले भारत नेपाल र छिमेकीका विषयमा उपयुक्त निर्णय गरी अघि बढेकामा धन्यवाद दिनुभयो । आगामी दिनमा पनि खोपको खरीदमा भारत सरकारको सहयोग महत्वपूर्ण हुने उहाँको भनाइ थियो । उहाँले अहिले उपलब्ध खोप पर्याप्त नभएकाले बाँकी पारदर्शी रुपमा खरिद प्रक्रिया अघि बढाइने बताउनुभयो । 

    भारतीय राजदूत क्वात्राले भारतमा खोप बनेको एक हप्ताभित्रै खोप पाउने केही मुलुकमध्ये नेपाल एक रहेको जानकारी गराउनुभयो ।“खोप आउनु भनेको यहाँका जनता पहिलो प्राथमिकतामा पर्नु, दुई देशको मित्रता प्राथमिकतामा पर्नु हो र छिमेकीलाई पहिलो प्राथमिकतामा राख्नु हो”, राजदूत क्वात्राले भन्नुभयो, “यसको प्रभावकारिता ७० प्रतिशत हुने अति महत्वपूर्ण कुरा हो ।” उहाँले नेपालमा पनि खोपको सफल उत्पादनको आशा व्यक्त गर्नुभयो । उहाँले विश्वमा सफल खोपमध्ये दुई भारतमा बनेको जानकारी दिनुभयो । 

    नेपालसँगको शुरुआती चरणदेखि नै सहकार्य रहेको जानकारी गराउँदै उहाँले यसअघि पनि औषधीय सामग्री र उपकरणको आदानप्रदान भएको स्मरण गर्नुभयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ उद्धृत गर्दै उहाँले भारतको कोभिडविरुद्धको खोप उत्पादन तथा निर्यात क्षमता सबै वर्गका लागि लाभदायी हुने विश्वास व्यक्त गर्नुभयो । सोहीअनुसार भारतले अनुदानका रुपमा खोप उपलब्ध गराउन लागेको उहाँले जानकारी दिनुभयो । प्रक्रिया पूरा गरी केही दिनभित्रै खोप नेपाल आइपुग्ने समेत उहाँले बताउनुभयो ।

    राजदूत क्वात्राले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी नेपाल भारत संयुक्त आयोगको बैठकको महत्वपूर्ण विषय कोभिडविरुद्धको खोप रहेको र समकक्षी भारतीय विदेशमन्त्री डा सुब्रमन्यम जयशङ्करसँग खोपका विषयमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको थियो भन्नुभयो । उहाँले कोभिड¬–१९ विरुद्ध दुवै देश संयुक्त रुपमा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij