Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

टर्की पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

टर्की पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

  • काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी टर्की पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कपिलवस्तु बाणगंगा नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ५१ वर्षीय लिला बहादुर खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    लिला बहादुरले टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बाफलबाट पक्राउ गरेको हो । 

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij